PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ अर्को महिना



पहिलोपोस्ट

गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ अर्को महिना
तस्विर : राखेप

काठमाडौं : ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङ र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) को सहभागिता रहने छ।

पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८-८ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही २५ हजार नगदबाट पाउने छन्। टिममा शीर्ष स्थान हात पार्नेलाई १ लाख र दोश्रोलाई ५० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।

आयोजक संघका संरक्षक एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले विगतको भन्दा प्रतियोगिता भब्य र व्यवस्थित हुने बताए। तीनदिने प्रतियोगिताका खेलहरु चापागाउँस्थित प्याङगाउँचौरमा हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell