PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

आशिष लामाको दोहोरो गोलमा एपिएफको पहिलो जित



पहिलोपोस्ट

आशिष लामाको दोहोरो गोलमा एपिएफको पहिलो जित
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आज भएको खेलमा विभागिय टिम सशस्त्र प्रहरीले सरस्वती युथ क्लबलाई पराजित गरेको छ। एपिएफले सरस्वती क्लबलाई २–१ ले पराजित गर्दै जारी लिगमा आफ्नो पहिलो जित दर्ता गर्‍यो। सरस्वती क्लब भने अझै जितविहीन छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा एपिएफका लागि आशिष लामाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ६३ ‌औं मिनेटमा प्रविन कुमार श्रेष्ठले दिएको पासमा लामाले पहिलो गोल गरे। फेरि अतिरिक्त समयमा नविन लामाले एसिस्ट गरेको बल गोलमा परिणत गर्दै टिमलाई २ गोलले अघि पुर्‍याए। त्यसको १ मिनेट भित्रै सरस्वतीका विनोद केसीले गोल फर्काए पनि खेलमा फर्कन उक्त गोल काफी भएन।

जितसँगै ४ खेल खेलेर ४ अंक नै जोडेको एपिएफ अंकतालिकाको १० औं स्थानमा छ। जितविहीन सरस्वती क्लब भने अंकतालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell