PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

थ्री इडियट्स, टू स्टेट्स, हाफ गर्लफ्रेन्डपछि चेतन भगतको अर्को उपन्यासमाथि पनि बन्दै फिल्म



पहिलोपोस्ट

थ्री इडियट्स, टू स्टेट्स, हाफ गर्लफ्रेन्डपछि चेतन भगतको अर्को उपन्यासमाथि पनि बन्दै फिल्म

भारतका पपुलर अंग्रेजी उपन्यासकार चेतन भगतका सिर्जनामाथि फिल्म बन्नेक्रम जारी छ। थ्री इडियट्स, टू स्टेट्स, हाफ गर्लफ्रेन्ड, अ नाइट एट द कल सेन्टरजस्ता फिल्म चेतनकै उपन्यासबाट बलिउडको पर्दामा उतारिएका हुन्। अब उनको अर्को उपन्यासले पनि बलिउडमा ठाउँ बनाउँदै छ। हो, तपाईँहरुले ठीक अनुमान गर्नुभयो - सन् २०१० मा सार्वजनिक भएको उनको रेभोलुसन २०२० हिन्दी फिचर फिल्मका रुपमा पर्दामा उत्रने भएको छ। रोचक त के भने यस फिल्मलाई उनी आफैँ निर्देशन गर्ने तयारीमा रहेको कोइमोइले जनाएको छ। उनको पछिल्लो पटकको कोटा शहर भ्रमणमा उनले निर्देशकको टोपी आफैँ पहिरिने खुलासा गरेका हुन्।

सन् २०२० भर्खर सुरु भएको छ। चेतनले त्यसैलाई लक्षित गर्दै फिल्म निर्देशकका रुपमा आफूलाई उतार्ने तयारी गरेका हुन्। उनले नयाँ वर्षको प्रतिवद्धतामा केही नयाँ गर्न चाहेको उल्लेख गर्दै फिल्मको निर्देशन गर्ने जनाएका हुन्। नयाँ वर्षको शुभकामना दिँदै उनले रेभुलेसन २०२० को निर्देशन गर्ने जनाएका हुन्। चुनौती र डर दुवै एकैसाथ अभिव्यक्त गर्दै उनले नयाँ क्षेत्रमा हात हाल्न लागेको जनाए।

ब्याङ्करबाट उपन्यासकारको अवतारमा स्थापित भएका उनी फिल्म निर्देशनमा कति सफल होलान् त? रेभुलेसन २०२० शिक्षामा हुने भ्रष्टाचार, राजनीति र मिडिया केन्द्रित उपन्यास हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell