PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

प्रदेश प्रहरीले १२ घन्टाभित्र काठमाडौं जान भनेका एसपी मल्ल चितवनमै, प्रचण्डकै कार्यक्रममा सहभागी



पहिलोपोस्ट

प्रदेश प्रहरीले १२ घन्टाभित्र काठमाडौं जान भनेका एसपी मल्ल चितवनमै, प्रचण्डकै कार्यक्रममा सहभागी

काठमाडौं : जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल पुस ४ गते सरुवामा परे। उनलाई चितवनबाट हटाएर महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण पठाइयो। तर, सरुवा भएको १३ दिन बितिसक्दा पनि उनले जिल्ला छाडेका छैनन्।

उनले जिल्ला छोड्न अटेर गरेपछि ३ नम्बर प्रदेश प्रहरीले पत्राचार गर्दै एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दियो। कार्यालयले बुधवार २३ बजेर ३ मिनेटमा एसपी मल्ललाई पत्र काटेको थियो। मल्लले राति नै पत्र बुझेका पनि थिए। त्यसो त उनी आफैंले आफैँलाई जिल्ला छोड्न काटेको पत्र संचारकर्मीलाई समेत जानकारी हुने गरी सार्वजनिक गरे। यसले पनि उनले पत्र प्राप्त गरेको जानकारी मात्र होइन, आफ्नो शक्ति पनि देखाउन खोजेको प्रतित हुन्थ्यो।

पत्र पाए पनि उनी यो समचार तयार पार्दासम्म चितवनको कार्यालय छाडेका छैनन्। १२ घण्टा पूरा भएपछिमात्र यो समाचार तयार गरिएको हो। बिहीवार दिनभर उनी कार्यालयमा नै थिए। दिनभर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका थिए उनी। प्रचण्ड बिहीवारमात्र चितवनमा भएको एक कार्याक्रममा सहभागी हुन पुगेका थिए। दिउँसो प्रचण्ड काठमाडौं फर्किए पनि उनी भने आफ्नै कार्यालय छाडेर गएनन्। 'अध्यक्ष प्रचण्डको कार्यक्रमबाहेक दिनभर कार्यालयमा नै हुनुहुन्थ्यो,' चितवनका एक प्रहरी अधिकृतले भने।

मल्ल डिएसपी हुँदा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरक्षा गार्ड थिए। उनी अध्यक्ष दाहाल निकट प्रहरीका रुपमा चिँनिदै आएका छन् जुन उनका गतिविधिहरुले पनि सजिलै पुष्टि गर्छ। सुरक्षागार्डपछि उनलाई उपत्यकाको महत्वपूर्ण रुपमा हेरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्व दिइएको थियो। त्यसपछि उनी एसपीमा बढुवा भए। एसपीमा बढुवा भएपछि उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए।

चितवन प्रहरी प्रमुखमा दानबहादुर मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको छ। चितवन अध्यक्ष प्रचण्डको चुनावी जिल्ला पनि हो। गंगा पन्तले इन्चार्ज बुझ्न समेत पाएकी छैनन्, उनले कार्यालय नछाड्दा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell