PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

पेस्तोलसहित 'विप्लव' समूहका एक नेता पक्राउ



रासस

पेस्तोलसहित 'विप्लव' समूहका एक नेता पक्राउ
प्रतीकात्मक तस्विर।

भोजपुर : भोजपुर प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक नेतालाई पक्राउ गरेको छ। प्रहरीले हतुवागढी गाउँपालिका-९ हसनपुरको भसुवाबाट पेस्तोल र चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका-२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो।

उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले आज जानकारी दिए।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोलसहित फेला पारी नियन्त्रणमा लिइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell