PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वनभोज खाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार



रासस

वनभोज खाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार

जलेश्वर : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका-५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा-५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गए राति ७ बजे गोली प्रहार भएको हो। गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् भने उनलाई उपचारको लागि गए राति काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

सन् २०२० को अवसरमा आफ्नै गाउँ नजिक रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज खाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारले जनाएका छन्।

गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् भने प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell