PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

लिभरपुलको अपराजित यात्रा कायमै, सेफिल्ड युनाइटेड पराजित



पहिलोपोस्ट

लिभरपुलको अपराजित यात्रा कायमै, सेफिल्ड युनाइटेड पराजित

इङ्ग्लिस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई हराएको छ। घरेलु टोली लिभरपुलले सेफिल्डलाई २-० ले हराएको हो।

जितका लागि सार्डियो माने र मोहम्मद सलाहले १/१ गोल गरे।

खेलको चौथो मिनेटमै सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लिभरपुल १ गोलले अगाडि रह्यो। दोस्रो हाफमा मानेले गोल थप्दा लिभरपुलले २-० को जित निकाल्न सफल रह्यो। मानेले ६४ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै इपिएलमा लिभरपुलले अपराजित रहँदै १ वर्ष बिताएको छ। लिभरपुल यसअघि अघिल्लो वर्षको जनवरी ३ मा म्यानचेस्टर सिटीसँग पराजित भएयता अपराजित छ। त्यसयता लिभरपुलले प्रिमियर लिगमा ३७ खेल खेलिसकेको छ।

जारी सिजन २० खेल खेलेको लिभरपुल १९ जित र १ बराबरीसँगै ५८ अंक बनाउँदै तालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell