PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टोकियो ‌ओलम्पिकमा रोबट स्वयंसेवक, उल्कापात आकर्षण! ५६ वर्षअघि कुदाइएको थियो विश्वकै द्रुत गतिको रेल



मुकुन्द घिमिरे

टोकियो ‌ओलम्पिकमा रोबट स्वयंसेवक, उल्कापात आकर्षण! ५६ वर्षअघि कुदाइएको थियो विश्वकै द्रुत गतिको रेल
Photo: Getty image

जापानको टोकियोमा यो वर्ष ओलम्पिक आयोजना हुँदैछ। ओलम्पिकको तयारी जापानले अन्तिम चरणमा पुर्‍याएको छ। ६ लाख विदेशी पर्यटक भित्र्याउने अनुमान छ जापानको। विश्व खेलकुदको महाकुम्भलाई जापानले उद्घाटन र समापन कसरी गर्ला भन्ने चासो खेल समर्थकहरूमा रहने गर्छ। ओलम्पिकको आयोजना र त्यसमा पनि उद्घाटन सत्रलाई देशहरूले आफ्नो समर्थ देखाउने अवसरको रूपमा लिने गर्छन्।

विश्वयुद्धमा भोगेको पराजयपछि तङ्ग्रिँदै गरेको जापानले सन् १९६४ मै ओलम्पिक भव्य आयोजना गरेको थियो। त्यति बेला जापान ओलम्पिक आयोजना गर्ने पहिलो एसियाली देशसमेत बनेको थियो। उक्त समय सबैभन्दा द्रुत रेल देखाएर विश्वलाई चकित पारेको थियो जापानले। अमेरिकाको चर्चित लाइफ म्यागेजिनले 'बेस्ट ओलम्पिक इन हिस्ट्री' भनेर जापानले आयोजना गरेको उक्त ओलम्पिकको प्रशंसा गरेको थियो।

फेरि जापानले अर्को मौका पाएको छ। अवस्था फेरिएको छ। जापान अहिले 'कम्फर्ट' अवस्थामा छ। यस्तो अवसरमा जापानले आफ्नो समर्थ प्रदर्शन त गर्छ नै।

के तयारी गरेको छ जापानले?

तपाईँ ओलम्पिक हेर्न पुग्नु भएको छ। एउटा रोबट तपाईँलाई सिटसम्म पुर्‍याउँछ। आकाशमा कृत्रिम उल्कापात देखिन्छ। फ्लाइङ कारमा बसेका खेलाडीहरूले ओलम्पिक टर्च बाल्नेछन्।

कुनै साइन्स फिक्सनमा आधारित हलिउड फिल्म जस्तो लागिरहेको छ?

'वेलकम टु टोकियो ओलम्पिक'

यो साइन्स फिक्सन होइन। सन् २०२० मा जापानले ओलम्पिकका लागि सोचेको ओलम्पिकको तयारी हो। यी दृश्य टोकियो ओलम्पिकमा देख्न पाइनेछ।

पहिला सन् १९६४ मा विश्वयुद्धमा थलिएर राम्ररी उठ्न नपाउँदै भव्य ‌ओलम्पिक गरेको जापान अहिले अझै भव्य ओलम्पिक आयोजना गर्न जुटेको हो।

पछिल्लो समय सन् २०११ को भूकम्प, लगत्तै आएको सुनामी र त्यसपछिको न्युक्लियर प्लान्टबाट निस्किएको विकिरणलगायतका घटनाक्रमले जापानमा क्षति भएको थियो। तर, तयारी यति तीव्र पार्‍यो कि सन् २०२० मा विश्वलाई नै सरप्राइज दिने बाटोमा अघि बढेको छ जापान।

ओलम्पिकका लागि ८ के रेज्युलेसनको अल्ट्र एचडी टिभी लगाइने छ। यसक्रममा जापानले शहरभरि यस्तो हाइटेक्नोलोलीको टिभी लगाउने तयारीमा छ कि दर्शकहरूले आफू स्टेडियममै भएको महसुस गर्नेछन्।

त्यस्तै भोलेन्टियरमा पनि जापानले रोबर्टको प्रयोग गर्ने बताइएको छ। जसले खेलाडी र समर्थक दुवैलाई सहजीकरण गर्नेछ।

टोकियो ओलम्पिकका क्रममा पटकाको आतिशबाजी हुनेछैन। यसको सट्टा कृत्रिम ताराहरू झरेको दृश्य दर्शकहरूले देख्न पाउनेछन्।

ओलम्पिकको उद्घाटन हुने स्टेडियम त्यही हो जहाँ सन् १९६४ को ओलम्पिक पनि उद्घाटन गरिएको थियो। त्यही स्टेडियमलाई पुनर्निर्माण गरेर फेरि पनि त्यही ओलम्पिक हुनेछ। गर्मीबाट बचाउन नेशनल स्टेडियममा ११५ वटा 'लार्ज स्पर्ट कुलर' लगाइने छ।

त्यस्तै स्टेडियमको दोस्रो र तेस्रो तला यसरी डिजाइन गरिएको छ कि आपत्कालीन अवस्थामा ८० हजार मानिसहरू त्यहाँ रहन सक्नेछन्। जापानले ओलम्पिकका लागि रिसाइकल गरेर ५ हजार मेडल तयार गरेको छ।

यसअघि आयोजना भएका ओलम्पिकमध्येको 'स्पेसल' मानिने सिलिकन भ्यालीको ओलम्पिकलाई पनि जापानले चुनौती दिन चाहेको बताउँछन् ओलम्पिक इतिहासका जानकार सेन्ड्रा कोलिन्स।

'जापान अन्तर्राष्ट्रिय समुदाय अगाडि इनोभेसनमा धेरै अघि बढेको छ। यसको निरन्तरता स्वरूप सिलिकन भ्यालीको जाइन्ट्लाई चुनौती दिन चाहन्छ,' सेन्ड्राले भनेका छन्।

सन् २०१६ को रियो ओलम्पिक समापन समारोहमा जापानका प्रधानमन्त्री सिन्जो आवे सुपर मारियोको ड्रेसमा पुगेका थिए। जापानले ओलम्पिकका क्रममा २.९६ ट्रिलियन रेभिन्यु जेनेरेट गर्ने लक्ष्य राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell