PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

नेकपाले राष्ट्रियसभा उम्मेद्वारको टुंगो लगायो, यी हुन् सिफारिसमा परेका १६ उम्मेदवार



पहिलोपोस्ट

नेकपाले राष्ट्रियसभा उम्मेद्वारको टुंगो लगायो, यी हुन् सिफारिसमा परेका १६ उम्मेदवार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ। शुक्रवार बिहान बसेको सचिवालय बैठकले उम्मेद्वार टुंगो लगाएको हो। 

सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य उम्मेद्वार बनाउने निर्णय भएको छ। गण्डकी प्रदेशबाट श्रेष्ठलाई उम्मेद्वार बनाइएको हो। 

सचिवालय बैठकको निर्णय अनुसार प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल रहेका छन्। प्रदेश २ मा महिलाबाट तुलासा दाहाल र दलितबाट राधेश्याम पासवान रहेका छन्। प्रदेश २ मा नेकपा र राजपाले दुई/दुई सिटमा गठबन्धन गरेका छन्। 

यस्तै, प्रदेश ३ मा अन्यबाट बेदुराम भुसाललाई उम्मेद्वार बनाउने निर्णय भएको छ। यस्तै, महिलाबाट गंगा बेलवासेलाई उम्मेद्वार बनाइएको छ। भुसाल स्थायी समिति सदस्य हुन्। २०७४ को राष्ट्रियसभा निर्वाचनमा अन्तिम समयमा भुसालको उम्मेद्वारी फिर्ता भएको थियो। 

गण्डकी प्रदेशमा महिलाबाट भगवती न्यौपाने र अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेका छन्। श्रेष्ठ पार्टी प्रवक्ता समेत हुन्।  

यस्तै, प्रदेश ५ महिलाबाट विमला घिमिरे, अपाङ्गता/अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय भएको छ। 

कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर, महिलाबाट शारदा भट्टलाई उम्मेद्वार बनाउने निर्णय नेकपाले गरेको छ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते मनोनयन हुँदैछ। बिहीवार पनि उम्मेद्वार तयका लागि छलफल भएकोे थियो। तर, टुंगो लागेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell