PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

राष्ट्रिय अनुसन्धान विभागमा २ सय ३२ जनालाई जागिरको अवसर, एसईई पास भए पुग्ने



पहिलोपोस्ट

राष्ट्रिय अनुसन्धान विभागमा २ सय ३२ जनालाई जागिरको अवसर, एसईई पास भए पुग्ने

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ।

यस पदमा एसएलसी वा एसईई उत्तीर्ण नेपाली नागरिकले आवदेन दिन सक्ने छन्। १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवदन दिन पाउने विभागले जनाएको छ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परिक्षा, स्वास्थ्य परिक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ।

विभागका अनुसार आवेदनका लागि परिक्षा दस्तुर १ सय ५० रुपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रुपैयाँ लाग्नेछ।

विभागले माग गरेका सूचक मध्ये १०४ जना समावेशी समुहबाट छनोट गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell