यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म प्रदर्शन भएनन्।
बलिउडमा पनि यो नयाँ वर्ष लक्षित कुनै पनि फिल्म सार्वजनिक भएनन्। त्यसैले अधिकांश नेपाली मल्टिप्लेक्सहरुमा गत साता नै सार्वजनिक बलिउड तथा हलिउड फिल्महरु प्रदर्शनरत् छन्। गुड न्यूज, दबङ्ग, जुमान्जी, स्टार वार्स लगायत फिल्म पर्दामा टिकिरहेका छन्।
हलिउड फिल्महरु 'स्पाइज इन डिस्ग्युस' र 'क्याट्स' यो साताको लागि नयाँ रिलिज हुँदैछन्।
एनिमेटेस स्पाइ कमेडी 'स्पाइज इन डिस्ग्युस'लाई ट्रोय क्वेन र निक ब्रुनोले निर्देशन गरेका हुन्। फिल्मले एक जासुसको कथा भन्छ जो दुई युवा वैज्ञानिकहरुको प्रयोगले परेवा बन्न पुग्छ। ती दुई वैज्ञानिकले उसलाई पुन: मानवमा रुपान्तरण गर्न गरेको अभिनय रहेको छ। फिल्ममा विल स्मिथ, टम हल्यान्ड, रसिदा जोनस, मासी ओका लगायतको अभिनय रहेको छ।
त्यस्तै म्युजिकल फ्यान्टासी फिल्म 'क्याट्स'लाई टम हुपरले निर्देशन गरेका हुन्। दुई फरक पुस्तक 'क्याट्स' र 'ओल्ड पोसुम्स बुक अफ प्राक्टिकल क्याट्स'को कथामाथि बनेको फिल्ममा जेम्स कोर्डन, जुडी डेन्क, ज्यासन डेरुला, इड्रसि एल्बा लगायतको अभिनय रहेको छ। क्याट्सले शनिबारदेखि मात्र मल्टिप्लेक्समा सो पाएको छ।