PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘सिद्धबाबा’को थुनछेक मुद्दा उच्च अदालत पुग्यो, १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न माग



अनन्तराज न्यौपाने

‘सिद्धबाबा’को थुनछेक मुद्दा उच्च अदालत पुग्यो, १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न माग
फाइल फोटो।

विराटनगर : उच्च अदालत विराटनगरले 'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरीको मुद्दाको १५ दिनभित्र सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न सुनसरी जिल्ला अदालतका नाममा आदेश गरेको छ। उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद शर्माको एकल इजलासले शुक्रवार दिएको आदेशमा सक्कल प्रतिवेदनसहित कैफियत प्रतिवेदनको माग गरिएको हो।

बलाकात्कारको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको पुस १४ को आदेशले अभियुक्त गिरी धरौटीमा छुटेका थिए। उक्त आदेशका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा निवेदन दिएको हो।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै प्रतिवादीलाई थुनामा राखेर कारबाही अगाडि बढाउन उच्च अदालतमा निवेदन दिएको हो। गिरीमाथि आफ्नै एक महिला अनुयायीउपर गत ४ कात्तिकमा करणी गरेको आरोप लागेको छ। अभियुक्त गिरी विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा मंसिर १२ देखि क्याबिनमा उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell