
काठमाडौं : प्रहरीले गुन्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भइ काठमाडौं नयाँबजार बस्दै आएका २७ वर्षीय राते भन्ने सुजन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
गत चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि अजय गुरुङ र रातेले विष्णु कठायतमाथि रड प्रहार गरेका थिए। उनलाई थप अनुसन्धानका लागि महानगरीय वृत्त लैनचोर पठाएको प्रहरीले जनाएको छ।