PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

चौबिस घण्टा नबित्दै फेरि विमानस्थलमा दुई भारतीय समातिए, मलद्वारमा लुकाएर ल्याएका थिए दुई किलो सुन



पहिलोपोस्ट

चौबिस घण्टा नबित्दै फेरि विमानस्थलमा दुई भारतीय समातिए, मलद्वारमा लुकाएर ल्याएका थिए दुई किलो सुन

काठमाडौं : २४ घण्टा नबित्दै प्रहरीले फेरि विमानस्थलबाट अवैध रुपमा ल्याएको सुन तस्करी गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले दुई भारतीय नागरिकलाई २ किलो सुनसहित विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

भारत महराराष्ट्रका ३१ वर्षीय शुरेसलाल भारत र मुम्बाईका ३९ वर्षीय गोपिचन्दन नवीनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट क्याप्सुल बनाएको ६ वटा दुई किलोको सुनको डल्ला बरामद गरेको हो। उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएको प्रहरीले जनायो।

बिहीवारमात्र प्रहरीले राहदानी नम्बर आर ५०७०३२२ भएका मोहमहद कसिफ र राहदानी नम्बर जे ८६१९१८३ नम्बर भएका मोहद मुसरफिनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले एक किलो सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएका थिए।

कसिफ नेपाल एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं ओर्लिएका थिए भने मुसरफिन इन्डिगो विमानबाट दिल्ली हुँदै आएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell