PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

नियमित डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा 



पहिलोपोस्ट

नियमित डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पतालमा 
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली डायलासिसका लागि अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओली सचिवालय बैठक सकेर डायलासिसका लागि टिचिङस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री आजै फर्कने छन्।

थापाले भने, 'सचिवालय बैठकपछि नियमित डायलासिसका लागि जानुभएको हो। आजै फर्कनुहुन्छ।'

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो। मृगौलामा समस्या देखिएपछि ओलीले नियमित डायलासिस गराइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell