PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

सडक मानव सहयोगार्थ दुई पप स्टारको संयुक्त कन्सर्ट



पहिलोपोस्ट

सडक मानव सहयोगार्थ दुई पप स्टारको संयुक्त कन्सर्ट

काठमाडौं : नेपाली पप स्टारहरु नविन के भट्टराई र दीपेशकिशोर भट्टराई एकसाथ मञ्चमा प्रस्तुत हुँदैछन्। फ्रेण्ड्स अफ लाजिम्पाटले आयोजनामा ‘टु लिजेन्ड्स अन द स्टेज : लाइभ इन कन्सर्ट’ हुन लागेको हो।

पुस २५ गते शुक्रवार लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना हुने कार्यक्रममा पप गायनका दुई हस्तीले आफ्नो नयाँ, पुराना एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत गर्ने छन्। गायक नविन के भट्टराईलाई उनकै ब्याकअप ब्याण्ड अतृप्तले वाद्य–वादनमा साथ दिनेछ भने गायक दीपेशकिशोर भट्टराईलाई लिजेण्ड ब्याण्डले साथ दिनेछ।

आयोजक संस्थाका अध्यक्ष पवन तिमिल्सिनाका अनुसार उक्त कन्सर्टबाट संकलित सम्पूर्ण रकम सडकमा चिसो काट्न बाध्य घरबिहिन तथा असहायका लागि खर्च गरिनेछ। संकलित रकमले जाडोका पहिरन, खाना तथा ब्ल्याङ्केटहरु प्रदान गरिनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell