PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

'बलिउड २०२०' मा प्रतिक्षित पाँच बायोपिक



पहिलोपोस्ट

'बलिउड २०२०' मा प्रतिक्षित पाँच बायोपिक

सन् २०२० को पहिलो शुक्रबार नयाँ बलिउड फिल्म रिलिज भएनन्। तर, केही घोषित बलिउड फिल्महरु भने इन्डस्ट्री र दर्शकमाँझ प्रतिक्षित छन्।

रियल लाइफलाई रिलमा उतार्न लागेका पाँच बायोपिकहरु बलिउड २०२० को आकर्षण बनेका छन्।

तीमध्य फिल्म 'छपाक' १० जनवरीमा सार्वजनिक हुँदैछ। फिल्ममा दीपिका पादुकोण एसिड अट्याक पीडितको लक्ष्मी अग्रवालको भूमिकामा छिन्। फिल्ममा भने पीडितको नाम परिवर्तन गरिएको छ। फिल्मलाई मेघ्ना गुल्जारले निर्देशन गरेकी हुन्। अर्का कलाकार विक्रान्त मास्सेको पनि मुख्य भूमिका रहेको छ।

अर्को बायोपिक '८३' क्रिकेटर कपिल देवको जीवनीमाथि बन्दैछ। कपिलको भूमिका निर्वाह गर्दैछन् कलाकार रणवीर सिंहले। कबिर खान निर्देशित स्पोर्स्ट ड्रामाले सन् १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जित्दाको कथा देखाउने छ।

तामिलनाडुकी मुख्यमन्त्री रहेकी जयलालिथाको जीवनमाथि बन्दैछ फिल्म 'थालैवी'। फिल्ममा मुख्य भूमिका निर्वाह गर्दैछिन् अभिनेत्री कंगना रनौतले। फिल्मको पहिलो प्रचारात्मक भिडियोमा दर्शकको सकारात्‍मक प्रतिक्रिया देखिएको छ।

विद्या वालन 'सकुन्तला देवी'को मुख्य भूमिका निभाउँदै छिन्। लेखक एवं 'ह्युमन क्याल्कुलेटर'को रुपमा चिनिएको विद्वान हुन् सकुन्तला देवी। उनले सन् १९८२ मा क्याल्कुलेटर बिना हिसाब गरेर गिनिज बुकमा नाम लेखाएकी थिइन्। विद्याले उनको जीवन पर्दामा उतार्दै छिन्।

चौबिस अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेकी भारतीय ब्याडमिन्टन खेलाडी सैना नेहवालको जीवनीमाथि पनि फिल्म बन्दैछ। परिनिती चोपडाले उनको रिल भूमिका निर्वाह गर्दैछिन्। फिल्म घोषणाताका श्रद्धा कपुर उक्त भूमिकामा देखिने भनिएको थियो। तर, पछि उनलाई चोपडाले 'रिप्लेस' गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell