PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

भरुवा बन्दुकसहित दुई जना पक्राउ



रासस

भरुवा बन्दुकसहित दुई जना पक्राउ

धरान : बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रवार पक्राउ गरेको छ। वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका-३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिए।

शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र जंगलमा उनीहरुलाई हतियारसहित फेला पारेको वन अधिकृत बिकले जानकारी दिए। उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell