
काठमाडौं : आगामी माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन्। शुक्रवार दुई पार्टीबीच चुनावी तालमेलको सहमति भएको हो।
सहमति अनुसार प्रदेश नम्बर २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसबाट महिला र अल्पसंख्यक तथा समाजवादीबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको बताइएको छ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच चुनावी तालमेलको सहमति भएको थियो।