PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

डाँका गरी फरार एक जना चार वर्षपछि पक्राउ



पहिलोपोस्ट

डाँका गरी फरार एक जना चार वर्षपछि पक्राउ

काठमाडौं : डाँका मुद्दामा फरार एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौँडा उपमहानरपालिका वडा नम्वर ५ बस्ने २७ वर्षीय गोविन्द घिमिरेलाई नियन्त्रणमा लिएको हो।

जिल्ला अदालत मकवानपुरको मिति २०७२ जेठ २७ गते डाँका मुद्दामा ६ वर्ष कैद र ६३ हजार ७ सय रुपैयाँ जरिवाना सहित फैसला सुनाएको थियो। चार वर्षदेखि फरार रहेका घिमिरेलाई शुक्रवार दिउँसो बारा जिल्लाको सिमरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए।

प्रहरीले कैद भुक्तानको लागि अदालत उपस्थित गराउने तयारी गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell