PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार, कारको सिटमा फल्स बटम बनाएर तस्करी



पहिलोपोस्ट

गाँजा तस्करलाई नियन्त्रणमा लिन गोली प्रहार, कारको सिटमा फल्स बटम बनाएर तस्करी

काठमाडौं : प्रहरीले लागुऔषध गाँजासहित दुई भारतीय नागरीक र एक जना नेपालीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुबाट प्रहरी निरीक्षक अरुण कुमार कुशवहाको नेतृत्वमा खटिएको टोलीले भारतको मोतिहारी पूर्वी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्जल कुमार ठाकुर र जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय विकाश सिंहलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुले चलाएको भारतीय नम्बर प्लेट डिएल ३ सिएक्यू ४१७२ को कारमा ३२ केजी गाँजा लुकाएर पथलैयातर्फ लैजादै गर्दा नियन्त्रणमा लिएको हो।

शनिवार राति हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटेको चेकप्वाइन्टमा कार चेक गर्न खोज्दा उनीहरु प्रहरी देखेपछि नरोकी भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराईले बताए। प्रहरीले तीन किलोमिटरसम्म पछ्याउँदै गोली प्रहार गरी उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

कारको बीचको सिटमुनी फल्स बटम बनाई लुकाएको अवस्थामा ४ वटा पोकाहरूमा ३२ किलो लागुऔषध गाँजा फेला परेको डिएसपी भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell