PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

विमानस्थलबाट फेरि समातिए एक किलो सुनसहित दुई भारतीय नागरिक



पहिलोपोस्ट

विमानस्थलबाट फेरि समातिए एक किलो सुनसहित दुई भारतीय नागरिक

काठमाडौं : अवैध सुनसहित प्रहरीले आज दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले राहदानी नम्बर आर २६५३२५३ भएका मुसरफ परवेज र राहदानी नम्बर टी १४८८९७९ वाहक मोहद मतवलिपलाई नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा खटिएको प्रहरीले एक किलो २ सय ग्राम सुनसहित उनीहरुलाई पक्रेको हो। उनीहरु दुवईबाट फ्लाई दुवई विमानमार्फत नेपाल आएको प्रहरीले जनाएको छ। बरामद भएको सुनको मूल्य ६० लाख भन्दाबढी पर्न आउँछ।

३३ किलो सुन प्रकरणपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको गृहमन्त्रीले दावी गर्दै आए पनि सुन तस्करहरुले नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्दै आएको खुलेको छ। यसअघि मलद्वारामा राखेर, सुनलाई झोल बनाएर, टाँक बनाएर, जिब्रोमुनि राखेर समेत तस्करी हुने गरेको भेटिएको थियो।

गएको चार दिनमा मात्र पाँच जनालाई अवैध तरिकाले भित्र्याएको सुनसहित प्रहरीले पक्राउ गरेको छ। शुक्रवार प्रहरीले दुई भारतीय नागरिकलाई २ किलो सुनसहित विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। भारत महाराष्ट्रका ३१ वर्षीय शुरेसलाल भारत र मुम्बईका ३९ वर्षीय गोपिचन्दन नवीनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell