PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

घुस लिएको अभियोगमा समातिए कार्यालय प्रमुख



रासस

घुस लिएको अभियोगमा समातिए कार्यालय प्रमुख

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सडक डिभिजन कार्यालय लहान, सिरहाका प्रमुखसहितका कर्मचारीलाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका हुन्। इञ्जिनीयर नवीनकुमार साह र सबइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो। आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रवार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell