PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

कामना फिल्म अवार्ड २०७६ सम्पन्न, 'प्रसाद'लाई उत्कृष्ट फिल्मसहित पाँच अवार्ड



पहिलोपोस्ट

कामना फिल्म अवार्ड २०७६ सम्पन्न, 'प्रसाद'लाई उत्कृष्ट फिल्मसहित पाँच अवार्ड

कामना फिल्म अवार्डको पाँचौ संस्करण सम्पन्न भएको छ। आज सानेपास्थित हेरिटेज गार्डेनमा अवार्ड विजेता घोषणा तथा वितरण भएको हो।

नेपाली चलचित्र र चलचित्रकर्मीलाई २७ विधामा अवार्ड प्रदान गरिएको हो। वर्ष २०७५ मा सार्वजनिक भएका फिल्महरु मध्य ‘प्रसाद’ उत्कृष्ट घोषित भयो।

‘प्रसाद’का लागि सुशिल पौडेलले उत्कृष्ट पटकथा, विपिन कार्कीले उत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्री र दिनेश राउतले उत्कृष्ट निर्देशनको अवार्ड पनि जिते।

यस्तो छ अन्य विजेता सूची:

उत्कृष्ट नव निर्देशक: छेतन गुरुङ (डमरुको डण्डिबियो)
उत्कृष्ट नव अभिनेता: उमेश थापा (बोबी)
उत्कृष्ट नव अभिनेत्री: सुहाना थापा (ए मेरो हजुर ३)
उत्कृष्ट सह अभिनेता: दयाहाङ राई (साइली)
उत्कृष्ट सह अभिनेत्री: प्रियंका कार्की (नाई नभन्नु ल ५)
उत्कृष्ट हाँस्य कलाकार: केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट खलपात्र: प्रमोद अग्रहरी (कथा काठमाडौं)
उत्कृष्ट बालकलाकार: सेड्रिना शर्मा (नाई नभन्नु ल ५)
उत्कृष्ट कथा: खगेन्द्र लामिछाने (डमरुको डण्डिवियो)
उत्कृष्ट संवाद: दीपकराज गिरी/ केदार घिमिरे/ जितु नेपाल/ यमन श्रेष्ठ (छक्का पञ्जा ३)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज (छक्का पञ्जा ३, पहिलो नम्वरमा)
उत्कृष्ट द्वन्द्व निर्देशक: शुक्रराज शाह (भिलेन)

संगीत तथा गायनतर्फ गीतकार दिनेश थपलिया उत्कृष्ट ठहरिए। उनले नाइ नभन्न ल ५ को ‘तिम्रो आँखामा’ बोलको गीतका लागि अवार्ड जितेका हुन्। सोही गीतको लागि वसन्त सापकोटाले उत्कृष्ट संगीतकार अवार्ड गायनतर्फ भने हेमन्त राना फिल्म साईंलीको ‘बगी रहें’ बोलको गीतका लागि र गायिका अञ्जु पन्त फिल्म बाँध मायालेको ‘सँगसँगै’को लागि उत्कृष्ट घोषित भए।

प्राविधिकतर्फ विजेता सूची:

उत्कृष्ट छायांकन: पुरुषोत्तम प्रधान (नाई नभन्नु ल ५)
उत्कृष्ट सम्पादन: निमेश श्रेष्ठ (डमरुको डण्डिबियो)
उत्कृष्ट पाश्र्व संगीत: एलिश कार्की (डमरुको डण्डिबियो)
उत्कृष्ट ध्वनि मिश्रण: सुनयमान श्रेष्ठ (छक्का पञ्जा ३)
उत्कृष्ट श्रृंगार: श्याम लामा (चक्कर)

यस वर्षको कामना जुरी अवार्ड फिल्म ‘हरि’लाई दिइयो। त्यस्तै गोदरेज पपुलर च्वाईस अवार्ड स्वस्तीमा खड्काले जितिन्। सिजी क्रिटीक्स अवार्ड फर म्युजिक न्हयु बज्राचार्य, सिजी क्रिटीक्स अवार्ड फर फेशन ज्ञानी शोभा तुलाधर र सिजी क्रिटीक्स अवार्ड फर थिएटर सिर्जना सुब्बाले पाइन्।


नेपाली फिल्म उद्योगमा पुर्‍याएको योगदानको सम्मान स्वरुप कलाकारतर्फ नीर शाहलाई कीर्तिमय दीर्घ योगदान सम्मान र पर्दापछाडिको कलाकारतर्फ सन्तु तामाङलाई कीर्तिमय दीर्घ योगदान सम्मान गर्‍यो। 

 

तस्विरहरु: रघु सापकोटा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell