PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

ला लिगा : गेटाफेमाथि रियल मड्रिडको सहज जित



पहिलोपोस्ट

ला लिगा : गेटाफेमाथि रियल मड्रिडको सहज जित
तस्बिर : रियल मड्रिड/ट्वीटर

स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि सहज जित निकालेको छ। घरेलु टोली गेटाफेलाई ३-० ले हराउँदै पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको रियल मड्रिडले जितको खडेरी तोडेको हो।

रियलको जितमा रायफल भरानेले र लुका मोड्रिचले गोल गरे।

खेलको ३४ औं मिनेटमा भरानेले प्रहार गरेको बल गोलकिपर डेभिड सोरियाले क्लियर गर्न खोज्दा गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १ गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा २ गोल थप्यो। खेलको ५३ औं मिनेटमा भराने र ९० औं मिनेटमा मोड्रिचले गोल गर्दा मड्रिडले गेटाफेमाथि सहज जित निकालेको हो।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई २-१ ले हराएको छ। एथ्लेटिको र रियल मड्रिड अंकतालिकको शीर्ष ३ भित्र रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell