
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना तालिकाको पुछारमा रहेको स्पान्योलसँग बराबरीमा रोकिएको छ। बार्सिलोनाले घरेलु टोली स्पान्योलसँग २-२ गोलको बराबरी खेलेको हो।
गएराति भएको खेलमा स्पान्योलले खेलमा अग्रता बनाएको थियो। खेलको २३ औं मिनेटमा डेभिड लोपेजले गोल गरेका थिए। यो सँगै पहिलो हाफमा स्पान्योलले १ गोलको अग्रता बनायो।
दोस्रो हाफमा भने लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५० औं मिनेटमा गोल गरे। ५९ भिडालको गोल मार्फत बार्सिलोनाले अग्रता बनायो। तर स्पान्योलका लागि ८८ औं मिनेटमा वु लिले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसअघि खेलको बार्सिलोनाका फ्रेन्की डि जोङ ७५ औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो।
खेल बराबरीमा रोकिएसँगै बार्सिलोना फेरि लिगको शीर्षस्थानमा उक्लिएको छ। गएराति नै भएको अर्को खेलमा गेटाफेलाई हराउँदै रियल मड्रिडले ४० अंक बनाएको थियो। बार्सिलोनालाई रियलसँगै अंकदुरी घटाउने अवसर भए पनि त्यसलाई सदुपयोग गर्न सकेन। अंक तालिकामा बार्सिलोना र रियल मड्रिड ४० अंकसहित क्रमश पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै समान ३५ अंक जोडेका एथ्लेटिको मड्रिड र सेभिल्ला तेस्रो र चौथो स्थानमा छन्।