PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

ट्रकको ठक्करबाट दमकमा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु



पहिलोपोस्ट

ट्रकको ठक्करबाट दमकमा अटोरिक्सा चालकसहित दुई जनाको मृत्यु

दमक : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्।

दमक-९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७ जीएच ७८ को ट्रकले ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमा दमक नगरपालिका ९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell