PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

नक्कली भारतीय नोटसहित एकजना पक्राउ



पहिलोपोस्ट

नक्कली भारतीय नोटसहित एकजना पक्राउ

काठमाडौं : प्रहरीले नक्कली भारतीय नोटसहित एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिवार राती वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई नियन्त्रणमा लिएको हो।

वीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित साह प्याराडाइज होटलमा चेक इन गर्ने क्रममा देवानको साथबाट दुई हजार दरका तीनवटा नक्कली भारतीय नोट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र राठौरले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell