PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

कृषि विकास बैंक लुट प्रकरण : खातामा एक करोड देखिएका दीपक नेपाल पक्राउ



पहिलोपोस्ट

कृषि विकास बैंक लुट प्रकरण : खातामा एक करोड देखिएका दीपक नेपाल पक्राउ

काठमाडौं : कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले खोजी सूचीमा रहेका दीपक नेपाललाई पक्राउ गरेको हो। मोरङ  रंगेली नगरपालिका वडा नम्बर २ का ४३ वर्षीय नेपाल शुक्रवार पक्राउ परेका हुन्। प्रहरीका अनुसार नेपाल बैंकबाट झिकिएको एक करोड रुपैयाँ लिएर उनी फरार भएका थिए। 

'उनको खातामा एक करोड रुपैयाँ दखिएको छ। ह्याकर समूहका मानिससँग पनि पटकपटक सम्पर्क भएको देखियो', महाशाखाका एसपी मुकेश कुमार सिंहले भने।

गत असोज ५ गते बैंकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो। अहिलेसम्म प्रहरीले १९ जनालाई नियन्त्रणमा लिइसकेको छ।

प्रहरीले आज नेपाललाई अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी गरिरहेको छ।

नाइजेरियन मुलका भनिएका पिटर हर्मन र स्मिथको मुख्य योजनामा नेपालमा ह्याकिङदेखि अनलाइन ठगी हुने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीले गत मंसिर २४ गते दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार पनि नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell