PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

'ह्याप्पी बर्थडे' दीपिका पादुकोण : एसिड अट्याक पीडित भेट्न जाँदा एयरपोर्टमै काटिन् केक



पहिलोपोस्ट

'ह्याप्पी बर्थडे' दीपिका पादुकोण : एसिड अट्याक पीडित भेट्न जाँदा एयरपोर्टमै काटिन् केक

नयाँ वर्षको पाँचौ दिन अर्थात् ५ जनवरी, बलिउड अभिनेत्री दीपिका पादुकोणको जन्मदिन। आजबाट उनको उमेर ३३ वर्ष भयो।

यो साता उनको लागि विशेष छ। जन्मदिनसँगै उनी अभिनित फिल्म 'छपाक' प्रदर्शनमा आउँदै छ। फिल्ममा उनले एसिड अट्याक पीडित लक्ष्मी अग्रवालको भूमिका निभाउँदै छिन्। अग्रवालको रियल लाइफलाई रिलमा उतारेकी दीपिकाले आफ्नो जन्मदिन उनीसँगै मनाउने निधो गरिन्।

त्‍यसैले आइतवार उनी अग्रवाल लगायत अन्य एसिड अट्याक पीडितद्वारा लखनउमा सञ्चालित क्याफेतर्फ यात्रा गर्दै थिइन्। ती पीडितहरु फिल्मका पात्र समेत हुन्।

लखनउका लागि उड्नुअघि मुम्बई एयरपोर्टमा पति रणवीर सिंहसँगै देखिएकी थिइन् उनी। 

एयरपोर्टमा दीपिकाका फ्यान केक लिएर पुगेका थिए। दीपिकाले केक काटिन् र रणवीर लगायत उपस्थित फ्यानहरुलाई खुवाइन्।

मेघना गुल्जार निर्देशित छपाक १० जनवरीबाट प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell