
काठमाडौं : सुनको मुल्य हालसम्मकै उच्च कायम भएको छ। शुक्रवार ७४ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आइतवार पनि प्रतितोलामा एक हजार रूपैयाँले उकालो लाग्दै ७५ हजार ५ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतवार तेजाबी सुनको मूल्य ७५ हजार २ सय कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला नौ सय रूपैयाँमा स्थिर छ। सुनको मूल्य निरन्तर बढ्नुमा अमेरिका इरानबीचको युद्धको शुरुवातलाई प्रमुख कारण मानिएको छ।
महासंघका उपाध्यक्ष ज्ञानुराजा शाक्यका अनुसार अमेरिका र इरानबीचको विवादले अन्तर्राष्ट्रिय सुन बजार र शेयर बजारलाई प्रभावित पारेको हो।
‘दुई देशको विवाद कायम रहुन्जेल सुनको मूल्यमा प्रभाव रहिरहने देखिन्छ,‘ उनले भने।