सुर्खेत : राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशमा दुई पदका लागि चार जनाले मनोनयन दर्ता गराएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
नेकपाबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसीले मनोनयन दर्ता गराएका छन् भने कांग्रेसबाट डिल्लीराज पाठक र गणेश कुमारी बस्नेतले मनोनयन दर्ता गराए। प्रदेशको मत संख्या कूल एक सय ९८ छ भने पालिकाको एक सय ५८ र प्रदेश सदस्यको ४० छ।
मत संख्या हेर्ने हो भने नेकपाको बहुमत देखिएको छ। तथापी कांग्रेस पनि चुनावी मैदानमा उत्रिएको छ।