PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

सैन्य रणनीति होइन भनेर स्पष्ट नभएसम्म एमसिसी अस्वीकार्य : नेता नेपाल



एम बम

सैन्य रणनीति होइन भनेर स्पष्ट नभएसम्म एमसिसी अस्वीकार्य : नेता नेपाल

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई सम्बन्धित पक्षले सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट नपारेसम्म स्वीकार्न नसकिने बताएका छन्। पुष्पलाल मिलन केन्द्रले आज धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेपालको हीतमाथि आघात पुग्ने वा कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा आफूहरूलाई स्वीकार्य नहुने भन्दै नेता नेपालले एमसिसीलाई सम्बन्धित पक्षले सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट पार्नुपर्ने बताए। 

‘एससिसीमा यदि विशुद्ध नेपालको आर्थिक विकास र समृद्धि जोडिएको छ भने हामी एमसिसी जस्ता अनुदान र सहयोगहरू तथा विदेशी परियोजना लिनलाई तयार छौँ,’ उनले भने।

त्यस भन्दा पहिले यसबाट दिने र लिनेको हीत हुन्छ भन्ने स्पष्ट हुन जरुरी रहेको उनले बताए।

‘हामी सबैसँग मित्रवत् सम्बन्ध चाहन्छौँ’, उनले भने, ‘त्यसैले यो कति मिलेको छ/छैन भनी कागज पल्टाएर हेर्न जरुरी छ।’

उनले कार्यक्रममा नेकपाको सचिवालय नमिलेको टिप्पणी समेत गरे। पूर्व एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्यलाई पनि सचिवालयमा ल्याउनु पर्ने आशयसहितको धारणा उनले व्यक्त गरे।

फरक प्रसंगमा नेता नेपालले पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताए। गुट र समूहले पार्टीलाई थप कमजोर बनाउने भन्दै अब सबै एक भएर जानुपर्नेमा उनले जोड दिए। पार्टीमा हिजोको जस्तो गुट, समूह र पक्ष बनाएर नहुने भन्दै यसको निम्ति एकताको सम्पूर्ण काम चाँडै सक्नु पर्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell