PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कालिञ्चोक पुग्न गाह्रो, हेर्नुस् मुडेमै छ हिउँको मजा 

कालिञ्चोक पुग्न गाह्रो, हेर्नुस् मुडेमै छ हिउँको मजा 

ऋषिकेश दाहाल/पहिलोपोस्ट


दोलखाको पर्यटकीय गन्तव्यहरु कालिञ्चोक, सैलुङलगायतका क्षेत्र यतिखेर हिउँले सेताम्मे छन्। ती गन्तव्यमा हिउँ खेल्न जानेहरुको संख्या पनि ह्वात्तै बढेको छ। तर, लगातार हिउँ पर्दा भने कालिञ्चोक र सैलुङ दुवैतिर गाडी पुग्न सक्ने अवस्था भने छैन। 

सैलुङतिर जाने मानिसको संख्या कम र कालिञ्चोक जानेहरुको संख्या धेरै छ। तर, हिउँका कारण गाडी जान सक्ने अवस्था छैन। केही गाडीमा जंजीर बाँधेर कुरी बजारसम्म पुर्‍याउने व्यवस्था गरिएको छ तर त्यो कहाँ भरपर्दो हुनु?

हिउँ बाक्लै परेकाले दोलखाको खरीढुंगा क्षेत्रमा बिहानभरी यातायात ठप्प। ट्राफिक प्रहरीले चरिकोटबाट नै गाडी जान रोक लगाएका थिए। सडक निर्माणका लागि प्रयोग भएका हेभी मेसिनको प्रयोग गरेर हिउँ पन्छाएपछि बल्ल यातायात खुलेको थियो। 

हिउँका कारण मुडेदेखि खरिढुंगा क्षेत्र आफैँमा पर्यटकीय गन्तव्य बनेको छ। यही बाटो भएर हिँड्ने यात्रुहरु खरिढुंगा क्षेत्रमा रमाइरहेको देखिन्छ। हिउँ पग्लेर बाटो भने जोखिमपूर्ण बनेको छ। डोजर प्रयोग गरेर फसेका गाडीहरु पार लगाउन परिरहेको छ। बाटो राम्रो नहुँदा पर्यटकीय गन्तव्यमा चाहेर पनि मानिसहरु पुग्न कठिन भइरहेको छ। 
 



ट्रेन्डिङ पोस्ट

Ncell