PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

'नेपाल फोटो प्रतियोगिता २०७६' घोषणा, सात फरक विधामा हुनेछ प्रतिस्पर्धा



पहिलोपोस्ट

'नेपाल फोटो प्रतियोगिता २०७६' घोषणा, सात फरक विधामा हुनेछ प्रतिस्पर्धा

काठमाडौं: फोटो जर्नलिस्ट क्लब, नेपालले २०७६ का लागि फोटो प्रतियोगिता घोषणा गरेको छ। वर्षेनी हुँदै आएको प्रतियोगिताको यो सातौं संस्करण आइतबार कार्यक्रम आयोजना गरी घोषणा गरियो। ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले ‘नेपाल फोटो प्रतियोगिता २०७६’ का लागि आफूले खिचेको फोटो अनलाइन इन्ट्री गर्दै प्रतियोगिताको औपचारिक शुरुवात गरे।

समाचार, हाँसो, प्रकृति र वन्य जन्तु, संस्कृति तथा पर्यटन, जीवनशैली, तस्विर कथा, खेलकुद गरी सात फरक विधामा हुने प्रतियोगितामा भाग लिन चाहनेले आइतबारबाटै फोटो दर्ता गराउन सक्नेछन्। जसका लागि क्लबको आधिकारिक वेभसाइटमा  मा दिइएको आवश्यक निर्देशन अनुसार आफूले खिचेको फोटो इन्ट्री गर्नु पर्नेछ। व्यावसायिक एवं सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन्।

प्रतियोगिता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता हुन पाउने छैनन्। खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर पनि समावेश गराउन पाइनेछ। तर, उक्त फोटोमा नेपाली वा नेपालसँग सम्बन्धित भने हुनु पर्नेछ।  

आउँदो माघ १७ गते मध्यरातसम्म दर्ता भएका फोटोहरु प्रतियोगिताका लागि मान्य हुनेछन्।

फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक ‘नेपाल ल्यान्ड अफ कन्ट्र्यास्ट’को पाँचौं संस्करण लोकार्पण समेत भयो।

प्रतियोगितामा समभागी फोटोहरुलाई काठमाडौं र मोफसलका ५ स्थानमा प्रदर्शनमा राखिनेछन्। प्रतियोगितामा उत्कृष्ट घोषित फोटोले एक लाख नगद रुपैयाँ पुरस्कार पाउने छ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले यस फोटो प्रतियोगिता साहित्य विधाको मदन पुरस्कार जत्तिकै भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell