PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

एफए कप : लिभरपुल र चेल्सी चौथो चरणमा



पहिलोपोस्ट

एफए कप : लिभरपुल र चेल्सी चौथो चरणमा
तस्बिर: चेल्सी/ट्वीटर

एफए कप अन्तर्गत गएराति भएको खेलमा एभर्टनलाई हराउँदै लिभरपुल चौथो चरणमा प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १-० को जित निकालेको हो। लिभरपुलको जितमा १८ वर्षे खेलाडी कुर्टिस जोन्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जोन्सले निर्णायक गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन्। जोन्सले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै भएको खेलमा चेल्सीले नोटिङ्घमलाई २-० ले पराजित गरेको छ। घरेलु टोली चेल्सीले खेलको छैटौं मिनेटमै अग्रता बनाएको थियो।

चेल्सीका लागि हुडसन ओडोइले अग्रता दिलाएका थिए। फेरि ३३ औं मिनेटमा बार्कलेले अर्को गोल थपे। दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा खेलमा चेल्सीले २-० को जित निकाल्यो। जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell