PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सोलेमानीको मृत्युपछि इरानको पहिलो निर्णय, परमाणु सम्झौता तोड्दै 'युद्ध'को संकेत



सोलेमानीको मृत्युपछि इरानको पहिलो निर्णय, परमाणु सम्झौता तोड्दै 'युद्ध'को संकेत
फोटो :EPA

इरानले अन्तर्राष्ट्रिय परमाणु सम्झौताका प्रतिबन्धहरु नमान्ने घोषणा गरेको छ। अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि इरान सन् २०१५ मा गरेको सम्झौताबाट पछि हटेको हो।

इरानले सम्झौता अनुरुप परमाणु सम्झौतामा उल्लेखित युरेनियम प्रवर्द्धनको सीमालाई अब पालना नगर्ने घोषणा गरेको छ। युरेनियम प्रवर्द्धनलाई सीमित गर्न भएको सहमती इरानले तोडेपछि अब इरानले तोकिएको मात्रामा भन्दा धेरै युरेनियम भण्डारण र प्रवर्द्धन गर्न सक्ने अनुमान गरिएको छ।

सोलेमानीको हत्याको बदला लिने घोषणा गरिसकेको इरान परमाणु सम्झौताबाट पछि हटेपछि विश्वमा 'परमाणु युद्ध'को खतरा बढेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाराक ओमाबामा इरानसँग भएको परमाणु सम्झौता रद्द गरेका थिए। त्यसपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ। त्यसपछि ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो। रकेट आक्रमणमा मृत्यु हुने सोलेमानी त्यही 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'का प्रमुख हुन्।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्यपूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।

इरानले पनि मध्यपूर्वी क्षेत्रमा तैनाथ विदेशी सेनाका कारण अस्थिरता फैलिएको भन्दै उनीहरुलाई मध्यपूर्वी क्षेत्रबाट बाहिरै बस्न चेतावनी दिँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell