PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जावलाखेल बराबरीमा रोकियो, लिगको शीर्ष ४ मा १ अंकको अंकदुरी



पहिलोपोस्ट

जावलाखेल बराबरीमा रोकियो, लिगको शीर्ष ४ मा १ अंकको अंकदुरी
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आजको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवले गोल रहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाँचौ चरणको पहिलो खेल प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा दुवै टिमले १/१ अंक बाँडेका छन्। यो सँगै जावलाखेल युथ क्लवको ९ अंक भएको छ भने एनआरटीको ५ अंक भएको छ।

लिगको शीर्षस्थानमा प्रतिस्पर्धासमेत देखिएको छ। लिगको शीर्षस्थानमा रहेको मनाङ मर्स्याङदी क्लब १० अंकसहित लिग लिड गरिरहेको छ भने दोस्रो,  तेस्रो र चौथो स्थानमा रहेका मछिन्द्र क्लब, त्रिभुवन आर्मी क्लव र जाउलाखेलको समान ९ अंक छ।

आजै मछिन्द्र क्लवले शीर्ष स्थानको मनाङसँग खेल्दैछ भने भोलि त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने छ। एनआरटी पाँच अंकसहित तालिकाको आठौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell