
गोल्डेन ग्लोब्स फिल्म अवार्डको ७७ औं संस्करण सम्पन्न भएको छ। हलिउड फरेन प्रेसको आयोजनामा भएको अवार्ड कार्यक्रममा हलिउड एवं अन्य विदेशी फिल्म र फिल्मकर्मी पुरस्कृत भएका छन्।
यसपटक नेटफ्लिक्सका ३४ वटा फिल्म तथा टिभी कार्यक्रमहरु मनोनयनमा परेका थिए।
आइतवार राति भएको समारोहमा प्रथम विश्वयुद्धको कथा देखाउने फिल्म '१९१७'ले ड्रामातर्फ बेस्ट पिक्चरको अवार्ड जित्यो।
ड्रामातर्फ बेस्ट प्रफर्मेन्स (महिला)को अवार्ड 'जुडी'की जेनी जेलवेगरलेल पाइन्। मोसन पिक्चर ड्रामातर्फ बेस्ट पर्फमेन्स (पुरुष)को उपाधि फिल्म 'जोकर'का लागि वाकिन फिनिक्सले पाइन्।
म्युजिकल कमेडीतर्फ 'वन्स अपन अ टाइम इन हलिउड' बेस्ट मोसन पिक्चर घोषित भयो। यस विधामा अभिनयका लागि पुरुषतर्फ 'रकेटम्यान' स्टार टेरन एजेरटनले बेस्ट पर्फमर भए। महिलातर्फ भने उक्त अवार्ड फिल्म 'फेयरबेल'को लागि अक्वाफिनाले जितिन्।
बेस्ट मोसन पिक्चर: मिसिङ लिंक
बेस्ट डिरेक्टर (मोसन पिक्चर): साम मेन्डेस (१९१७)
बेस्ट पर्फमेन्स (सपोर्टिङ एक्टर): ब्राड पीट (वन्स अपन अ टाइम इन हलिउड)
बेस्ट पर्फमेन्स (सपोर्टिङ एक्ट्रेस): लउरा डेर्न (म्यारिएज स्टोरी)
बेस्ट ओरिजिनल सङ: आइ एम गन लभ मी अगेन (रकेटम्यान)
बेस्ट टिभी सिरिज: फ्लीब्याग
बेस्ट पर्फमेन्स एक्ट्रेस (टिभी सिरिज): ओलिभिया कोलम्यान (द क्राउन)
बेस्ट पर्फमेन्स एक्टर (टिभी सिरिज): ब्रायन कक्स (सक्सेसन)
बेस्ट टेलिभिजन लिमिटेड सिरिज/ मोसन पिक्चर: चेर्नोबेल
त्यस्तै यो वर्षको विदेशी भाषातर्फ बेस्ट मोसन पिक्चर अवार्ड कोरियन फिल्म 'प्यारासाइट'ले जित्यो। फिल्मलाई बोङ जुन हुले लेखेका तथा निर्देशन गरेका हुन्।
यो वर्ष अवार्ड समारोह कमेडियन रिक्की गेर्भाइसले सञ्चालन गरेका थिए।