
काठमाडौं: किम कि तेक, उनकी श्रीमती र दुई सन्तान एक सामान्य अपार्टमेन्टमा बसोबास गर्छन्। कम आयले चलेको परिवार बाँच्नकै लागि कडा संघर्ष गरिरहेका हुन्छन्। गरिबीको चपेटामा रहेको कि परिवारको सपना हुन्छ- सहज जीवन बिताउने। त्यस्तो अवस्थामा छोरा कि वुका मिल्ने साथी मिन ह्युकले उनीहरुको परिवारलाई एक परम्परागत ढुङ्गा ल्याएर दिन्छन्। त्यो ढुङ्गाले घरमा धन भित्र्याउने विश्वास उनीहरुले राख्छन्।
घरमा ढुङ्गा भित्राए लगत्तै बेसमेन्टमा गुजारा चलाइरहेको किम परिवार सिओलको एक धनाढ्य पार्क परिवारको घरमा पुग्छन्। त्यहाँबाट उनीहरुको जीवनमा आउने परिवर्तन र उताव चढावको कथा समेटेको छ दक्षिण कोरियाली फिल्म 'प्यारासाइट'ले।
यस फिल्मले आइतबार सम्पन्न 'गोल्डेन ग्लोब्स फिल्म अवार्ड २०२०' मा उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जित्यो।
टाइम म्यागजिनले सन् २०१९ मा विश्वमा बनेका उत्कृष्ट १० फिल्मको सूचिमा यस फिल्म पनि परेको छ।
त्यस्तै सन् २०१९ को क्यान्समा पनि यस फिल्मलाई ग्रान्ड जुरीले पाल्मे डि ओर अवार्ड दिएको थियो।
बोङ जुन हुको लेखन तथा निर्देशनमा बनेको फिल्म यो वर्ष अस्कर अवार्डको अन्तराष्ट्रिय फिचर फिल्म विधातर्फ प्रतिस्पर्धाको लागि उत्कृष्ट ९ मा परेको छ।
बक्स अफिस हिट एवं समीक्षात्मक हिसाबमा पनि उत्कृष्ट ठहरिएको 'प्यारासाइट' प्रदर्शन र फिल्ममाथि छलफल हुँदैछ। नेपाल फिल्म समीक्षक समाजले हरेक साता विहीबार आयोजना गर्दै आएको फिक्सन सिनेमा श्रृङ्खला अन्तर्गत् आउँदो माघ २ गते उक्त फिल्ममाथि अन्तर्क्रिया गर्न लागेको हो।
मार्टिन चौतारीमा हुने कार्यक्रममा नेपाली तथा विदेशी फिल्महरु देखाउने र समीक्षात्मक बहस गर्दै आएको छ।
16 January 2020/२ माघ २०७६ (बिहीबार, दिउँसो ३ बजे)
— prabhakar (@meeprabhakar) January 5, 2020
FICSON Film Series Organized by Film Critics Society Nepal
Parasite (2019, South Korea, 132 min)
A Film Directed by Bong Joon-ho
Venue @MartinChautari @yangesh30 @samipya13 @dhakal_rabindra pic.twitter.com/tuLhqpEbpM