PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस्तो देखियो 'हेभिवेट' मनाङ र मछिन्द्रबीचको खेल

यस्तो देखियो 'हेभिवेट' मनाङ र मछिन्द्रबीचको खेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब आमनेसामने भए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल २-२ को बराबरीमा सकियो।

मनाङले खेलको दोस्रो मिनेटमै फेमि जोसुवाको गोलबाट अग्रता बनायो। पहिलो हाफमा मनाङ १ गोलले अघि रह्यो।

मछिन्द्रका सुजल श्रेष्ठले दोस्रो हाफको शुरुमै गोल गर्दै खेल बराबरीमा ल्याए। उनले ४६ औं मिनेटमा एडिलेजा सोमिडेको पासमा गोल गर्दै मछिन्द्रको खाता खोले।

दोस्रो हाफको अन्त्यतिर मछिन्द्रले खेलमा दबाब बढाएको थियो। खेलमा दवाब बढाइरहेको मछिन्द्रका लागि ८१ औं मिनेटमा सोमिडेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। जगदीश श्रेष्ठको पासमा बिमल रानाले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८८ औं मिनेटमा गोल गरे।

बराबरीसँगै मनाङले ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम छ भने मछिन्द्र १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

खेल सकिएपछि खेलाडीहरुबीच सामान्य भनाभन समेत भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell