पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्रहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय वीरगंजका सर्वेक्षकलाई आज पक्राउ गरेको छ। जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई रंगे हात पक्राउ गरेको हो।
वीरगंज महानगरपालिका-९ रानीघाटस्थित नापी कार्यालय पर्सा अन्तर्गतको २ नम्बर नापी टोली कार्यालयमा सेवाग्रहीसँग ७५ हजार रुपैयाँ घुस रकम लिँदै गरेको अवस्थामा आज बेलुकी ६ः३० बजे सर्वेक्षक पासवानलाई पक्राउ गरिएको आयोगले जनाएको छ।
सेवाग्रहीले दिएकोे सूचना तथा उजूरीका आधारमा कारबाही गर्दा सर्वेक्षक पासवान पक्राउ परेको बताइएको छ। पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धानका लागि आजै मकवानपुर लगिएको आयोगले जनाएको छ।