PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

दाजुको कुटाइबाट भाइको मृत्यु



रासस

दाजुको कुटाइबाट भाइको मृत्यु

पशुपतिनगर : इलामको सूर्योदय नगरपालिका-१२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ।

दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका हुन्। आइतवार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो। दाजुले काठको पिरा प्रहारपछि घाइते भएका हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि घर गएका थिए। तर बिहान उनी ओछ्यानमै मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए।

बिहान ६ बजेको समयमा उठाउन जाँदा ओछ्यानमा नै मृत फेला परेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने रामबहादुर फरार छन्। शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell