PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित



पहिलोपोस्ट

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको सहज जित
तस्बिर : युभेन्टस-इन्टर/ट्वीटर

इटालियन 'सिरि ए'को गएराति भएको खेलमा युभेन्टसले काग्लियारीलाई ४-० ले हराएको छ। घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। त्यस्तै हिग्वाइनले १ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युभेन्टसले सबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४९ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका रोनाल्डो त्यसपछि थप आक्रमक देखिए। उनले ६७ औं मिनेटमा र ८२ औं मिनेटमा थप दुई गोल गरे। उनले दोस्रो गोल पेनाल्टीको अवसर सदुपयोग गर्दै गरेका थिए। त्यसबाहेक हिग्वाइनले ८१औं मिनेटमा अर्को गोल गरे।

यो सँगै रोनाल्डोले आफ्नो करियरको ५६ औं ह्याट्रिक पुर्‍याएका छन्। जितसँगै युभेन्टस शीर्षस्थानमा उक्लिए पनि लगत्तै अर्को खेलमा इन्टरले जित निकाल्दै शीर्षस्थानमा रहन सफल रह्यो।

गएराति नै भएको अर्को खेलमा लुकाकु चम्किँदा इन्टरले नापोलीलाई ३-० ले हराएको छ। घरेलु टोलीलाई हराउन रोमेलु लुकाकुले १४ औं र ३३ औं मिनेटमा गोल गरे। त्यस्तै ६२ औं मिनेटमा लौतारोले अर्को गोल गरे। यता नापोलीका लागि मिलिकले सान्त्वना गोल फर्काएका थिए।

योसँगै लिगको शीर्षस्थानका लागि इन्टर र युभेन्टसको प्रतिस्पर्धा जारी छ। दुवै टिमको समान ४५ अंक छ। इन्टर पहिलो स्थानमा छ भने युभेन्टस दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell