PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

भरतपुर : चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते करिब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell