PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

सुकेधारा आसपासका क्षेत्रमा आज दिनभर विजुली नहुने, यस्तो छ कारण



पहिलोपोस्ट

सुकेधारा आसपासका क्षेत्रमा आज दिनभर विजुली नहुने, यस्तो छ कारण

काठमाडौं : चक्रपथ विस्तारको कामले मंगलवार दिनभर सुकेधारा आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ।

महाराजग‌ञ्ज वितरण केनद्रको ओम फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको क्रममा नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नको लागि पुस २२ गते बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

उक्त फिडर अन्तर्गत सुकेधारा न्युकोलोनी, ढलाने पुल, निलो पुल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको हो। निर्धारित समयअघि रुख कटानको काम सम्पन्न भएमा आपूर्ति तत्कालै सुरु गरिने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell