PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

क्यान बोर्ड बैठक : पाँच सदस्यीय कार्यसम्पादन समिति गठन,  त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण पोखरामा



मुकुन्द घिमिरे

क्यान बोर्ड बैठक : पाँच सदस्यीय कार्यसम्पादन समिति गठन,  त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण पोखरामा
फाइल फोटो।

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। आइतवार बसेको बोर्डको बैठकले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा समिति गठन गरेको हो।

दैनिक कार्य सम्पादन सहज होस् भन्ने उद्देश्यले पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको बताइएको छ। समितिमा अध्यक्ष चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमितवीर पाण्डे रहेका छन्। 

'बोर्ड बैठक सधैँ बसिरहन नसक्ने भएकाले क्यानको विधानमा उल्लेख भएअनुसार दैनिक कार्यसम्पादन गर्न समिति गठन गरिएको हो,' क्यान महासचिव प्याकुरेलले पहिलोपोष्टसँग भने, 'यो समितिले विश्वकप लिग २ लगायतका क्यानका गतिविधिहरु हेर्नेछ।'

त्यस्तै क्यानको बैठकले कार्यालय स्थापना गर्न प्रत्येक जिल्लालाई एक-एक लाख र प्रदेशहरुलाई तीन-तीन लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ।

त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पुरुष विश्वकप लिग दुईअन्तर्गत नेपाल आफैँले आयोजना गर्न र खेल्न लागेको पहिलो शृंखलाका लागि टोलीको बन्द प्रशिक्षण आगामी शुक्रवार (जनवरी १० तारिख) बाट पोखरा क्रिकेट मैदानमा सञ्चालन गर्ने निर्णय गरेको क्यान  प्याकुरेलले बताए।

अमेरिका र ओमान पनि सहभागी हुने शृंखलाका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदान (अभ्यासका लागि)लाई तयार पार्ने कार्य यसअघि नै शुरु भइसकेको उनले बताए। दुवै मैदान र पिच निर्माणको कार्य आइसिसीका क्युरेटर बन्दुला वर्नपुराले हेरिरहेको प्याकुरेलले जनाएका छन्।

बैठकमा आइसिसीका प्रतिनिधिसँग यसअघि भएको छलफलका बारेमा बोर्डलाई जानकारी गराइएको थियो। साथै, त्रिकोणात्मक शृंखलाको बारेमा पनि बैठकमा छलफल गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell