PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भम्रण वर्ष २०२० : पदयात्रासँगै सकियो स्वयम्भु साँस्कृतिक कार्यक्रम

भम्रण वर्ष २०२० : पदयात्रासँगै सकियो स्वयम्भु साँस्कृतिक कार्यक्रम

समर्थ रञ्जित/पहिलोपोस्ट


नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी स्वयम्भुको भगवान पाउमा सञ्चालन भएको स्वयम्भु साँस्कृतिक कार्यक्रम आज सकिएको छ। जनवरी १ तारिखदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रम स्वयम्भुलाई विश्वमाझ चिनाउन गरिएको थियो।

कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गरेका थिए। हप्ताभरि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै स्वयम्भुका तस्विरहरु प्रदर्शनीमा राखिएका थिए।

आज भने बसन्तपुरदेखि स्वयम्भुसम्म पदयात्रा गरि भगवान पाउमा गएर कार्यक्रम समापन भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell