PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अधिकांश सवारी दुर्घटनामा चालककै दोष



रासस

अधिकांश सवारी दुर्घटनामा चालककै दोष
प्रतीकात्मक तस्विर (फाइल)।

पाल्पा : जिल्लामा ट्राफिक नियम पालन नगरी सवारी साधन चलाउने बढी देखिएका छन्। ट्राफिक नियम विपरीत सवारी साधन चलाउँदा दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

चालकका कारण जिल्लामा ७० प्रतिशत दुर्घटना भएका छन्। चालकले मदिरा सेवन गरी सवारी चलाउँदा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।    सवारी दुर्घटना न्यूनीकरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनामा सप्ताहव्यापी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। यही पुस १३ देखि १९ गतेसम्म सञ्चालित कार्यक्रममा ३८९ सवारी कारवाहीमा परेका छन्।

सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालित अवधिमा १३ सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्। उन्नाइस सवारीसाधनमा दुर्घटनाबाट क्षति भएको छ। उक्त जाँचका क्रममा मोटरसाइकल र स्कुटी ५८, जिप, कार र भ्यान ७३, बस, टिपर र ट्रक २ सय २, ट्र्याक्टर ५६ का चालकले नियम पालना नगरेको देखिएको प्रहरीले जनाएको छ। 

चालक, सहचालक, यात्रु तथा पैदलयात्रीले पालना गनुपर्ने नियम र कर्तव्यसम्बन्धी दश हजार ७ सय जनालाई सचेत बनाउने काम गरिएको प्रहरीको भनाइ छ। दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्प्लेटसमेत वितरण गरिएको छ। करिब ७६७ सवारीमा ट्राफिक सचेतनामूलक स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए।

चालु आर्थिक वर्षको पाँच महिनामा मात्र करिब ५० लाख रुपैयाँ राजश्व संकलन भएको काफ्लेले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनुपर्ने हुँदा दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान नै सञ्चालन गरिएको बताए। उनले सवारी चालक, सहचालक, यात्रु तथा सवारी मालिकलाई समेत दुर्घटना न्यूनीकरणका लागि सचेत गर्ने काम भएको बताए।

चालु आवमा ६ महिनाको अवधिमा जिल्लामा १५ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ। जिल्लाका मुख्य तथा सहायक सडकमा साना तथा ठूला १३० दुर्घटना भएका छन्। दुर्घटनाबाट ७१ जना गम्भीर घाइते अवस्थामा छन्। सामान्य घाइतेको संख्या झण्डै १८१ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell