
इएफएल कप अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेड ३–१ गोल अन्तरले पराजित भएको हो।
खेलको १७ औं मिनेटमा बर्नान्डो सिल्भाको गोलबाट अग्रता बनाएको सिटीका लागि रियाद महरेजले दोस्रो गोल गरे। महरेजले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए। त्यसको पाँच मिनेटभित्रै सिटीले एक आत्मघाती गोल उपहारमा पायो। युनाइटेडका एन्ड्रेस पेरेराले आत्मघाती गोल गर्दा पहिलो हाफमा सिटी ३-० ले अगाडि रह्यो।
दोस्रो हाफमा युनाइटेडका लागि रासफोर्डले गोल गर्दै खेलमा फर्कन कोसिष गरे पनि उनको गोल खेलमा फर्कन पर्याप्त भएन।
सिटी र युनाइटेडबीचको दोस्रो लिग जनवरी २९ मा हुनेछ।